
उनले दुई पार्टीबीचको एकताका अधिकांश विषय मिलिसकेको र केही झिनामसिना कुराले एकतामा बाधा नपुग्ने बताए ।
लाखौं जनताको उपस्थितिमा एमाले र माओवादीको पार्टी एकता वैशाख ९ गते घोषणा हुनेसमेत उनले जानकारी दिए ।
प्रेस चौतारी रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विगतको इतिहास, योगदान र योग्यताका आधारमा नेता र कार्यकर्तालाई जिम्मेवारी दिइने भएकाले प्रतिशतमा भागबन्डा नहुने बताए ।
माओवादी नेताहरुले ५०–५० प्रतिशतको आधारमामात्र एकता गर्नुपर्ने तर्क अगाडि सारिरहेको प्रसंगमा एमाले उपमहासचिव पौडेलले भने समानताका आधारमा एकता हुने बताए ।
योगदान, क्षमता र सक्रियतालाई आधार बनाउँदा माओवादीको ६० र एमालेको ४० प्रतिशत पनि पर्नसक्ने उनले स्पस्ट पारे ।
दुई पार्टी एकताका लागि सुरुदेखि पहल गर्दै आएका उपमहासचिव पौडेलले जनयुद्ध शब्दावली र निर्वाचन चिह्नको विषयमा पनि सहज ढंगले टुंगोमा पुगिने बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने बताए ।
‘प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान, सम्पत्ति शुद्धीकरणलगायतका निकाय आफू मातहत राखेर अधिनायकवाद लाद्न खोजेको आरोप नेपाली कांग्रेसका नेताहरुले लगाइरहेका छन् नि ?’ भन्ने जिज्ञासामा उनले अधिनायकवादको विरोधमा सधैं लड्दै आएको पार्टी र त्यसका नेताले त्यस्तो कहिल्यै नगर्ने बताए ।
नेता पौडेलले प्रधानमन्त्री ओलीको चीन भ्रमणको निधो भइ नसकेको पनि बताए । रासस
प्रतिक्रिया दिनुहोस्