
पोखरेली दिदीबहिनी समूहले आयोजना गरेको फोटो प्रदर्शनीमा पोखराका प्राकृतिक सौन्दर्य, भेषभूषा, संस्कृति, मठमन्दिर, पोखराको पहिलो सिनेमा हल, विद्यालय, कलेजलगायतका ९७ ओटा फोटो राखिएका छन् ।
समूहकी संस्थापक अध्यक्ष शारदा वैद्यले ६० वर्षपहिलेको कला–कौशल, चालचलन, रहनसहन र आर्थिक गतिविधिबारे नयाँ पुस्तालाई जानकारी गराउन प्रदर्शनी गरिएको बताइन् । यसले पोखराको पर्यटन प्रवद्र्धनमा सहयोय पु¥याउने उनको भनाइ छ ।
दुई दिनसम्म चल्ने फोटो प्रदर्शनीमा पोखराको प्राचीन कला, संस्कृति झल्काउने फोटो बिक्री पनि गरिनेछ । त्यस्ता फोटोको प्रतिमूल्य ३ हजार ५०० देखि ५ हजार रुपैयाँसम्म कायम गरिएको छ ।
प्रदर्शनीमा राएिका फोटोहरु फोटो संकलक सुनिल उलकले प्रदान गरेका हुन् ।
फोटो संकलक उलकले आफूसँग ७५ ओटै जिल्लाका ६० वर्ष पूराना तस्वीर रहेको जनाउँदै नेपालको जुनसुकै स्थानमा गएरपनि फोटो प्रदर्शनी गर्नसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्