
-यशोदा राउत/ईमेज:
सिन्धुली । अल्पसंख्यक र सीमान्तकृत रुपमा रहेका दनुवार समुदायका परम्परागत रीति रिवाज र संस्कृतिहरु लोप हुन थालेका छन् ।
आफ्नो समुदायको पहिचानका रुपमा रहेका यस्ता रीति रिवाज र संस्कृति लोप हुन लागेपछि सिन्धुली जिल्लाको कमलाखोच र मरिण क्षेत्रका दनुवारहरु संरक्षणका लागि जागरुक बन्न थालेका छन् ।
हरेक समुदायसँग आआफ्नो मौलिक पहिचान, संस्कार र परम्परा जोडिएजस्तै दनुवार जातिका पनि आआफ्ना मौलिक पहिचानहरु छन् ।
यो जाती सिन्धुपाल्चोक, काभ्रेपलान्चोक र रामेछाप जिल्लाका नदी किनारका क्षेत्रमा बसोबास गर्दै आइरहेका छन् ।
एकपछि अर्को संस्कृति लोप हुन थालेपछि उनीहरु आफ्नो संस्कृति जगेर्ना गर्नतर्फ चिन्ता र चासो देखाउन थालेका छन् ।
त्यसको लागि सिन्धुली जिल्लाका दनुवार युवाहरुको सक्रियतामा संस्कृति संरक्षण अभियान सुरु भएको छ ।
सरकारी तवरबाट यस्ता पहिचानको संरक्षणमा खासै पहल नदेखाए पनि सिन्धुलीको कमलानदीको किनार कमलाखोच क्षेत्रमा बसोबास उनीहरुले दनुवार कला संस्कृतिको प्रदर्शन गरेका छन् ।
गतवर्ष पनि सम्पन्न भएको दनुवार समुदायको कार्यक्रम यो वर्ष पनि आयोजना गरिएको थियो ।
सोमबार आयोजित कार्यक्रममा उर्जामन्त्री वर्षमान पुनको समेत उपस्थिति रहेको थियो ।
कमलाखोच र क्षेत्रमा लामो समयदेखि माछा मारेर जीवनयापन चलाउँदै आएका यिनीहरुमा पछिल्लो समय शैक्षिक र सामाजिक रुपान्तरण भएपनि संस्कृति र परम्परा हराएकोले यस्तो अभियान सुरु गरिएको स्थानीयको भनाइ छ ।
यो समुदायको मुख्य चाड ठूली एकादशी र मुख्य नाँच बर्खी हो ।
बर्खी नाचमा मिर्धुम, झ्याली, जस्ता परम्परागत बाजाहरुको तालमा महिलाहरु नाँच्ने र पुरुषहरुले बर्खी गीत गाउने चलन छ ।
प्रतिक्रिया दिनुहोस्