
जनआन्दोलन दिवसको अवसरमा ‘सरकारविरुद्ध भन्डाफोर तथा प्रतिरोध कार्यक्रम’ गरिरहेका नेकपाका कार्यकर्ता र प्रहरीबीच धनगढीको ट्राफिक चौराहमा झडप भएको हो ।
उनीहरुले प्रशासनबाट अनुमतिबिना नै र्याली निकालेर सडक बन्द गर्न खोजेको र रोक्न खोज्दा प्रहरीमाथि हातपात गरेको प्रहरीले जनाएको छ ।
नेकपाले भने जनआन्दोलन दिवस मनाइरहँदा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएको छ ।
नेकपाले आफ्ना १५ जना कार्यकर्ताहरु झडपमा परी घाइते भएको दाबी गरेको छ ।
प्रहरीमाथि नै हातपात गर्न खोजेपछि २० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्