Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


भेडेटारको भ्यू टावर पुनःनिर्माणमा ढिलाई


0
Shares

धनकुटा । पर्यटकको मुख्य आकर्षणको रुपमा रहेको धनकुटाको भेडेटारस्थित भ्यु टावर भत्किएको लामो समयसम्म पुन निर्माण हुन सकेको छैन ।

२०५९ सालमा निर्माण गरिएको सो भ्युटावर २०७२ सालको भुकम्पले जिर्ण बनाएपछि स्थानीय प्रसाशनले भत्काएको थियो ।

तत्कालिन जिल्ला बिकास समिति, गाविस पर्यटन विकास कार्यालय काकडभिट्टाको संयुक्त लगानीमा २०७३ सालमै निर्माण सुरु गरिए पनि त्यसपछि लगानी हुन नसक्दा निर्माण हुन नसकेको हो ।

यस स्थानमा भेडाको प्रतिमा सहितको भ्यु टावर निर्माणको तयारी गरिएको थियो । भ्युटावर भेडेटारको मुख्य आकर्षणको रुपमा रहेको थियो ।

भ्युटावर निर्माण हुन नसक्दा पर्यटन प्रवद्र्धनमा समस्या भएको होटल एसोसीएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।

मौसम खुलेको बेला यहाँबाट सप्तकोशी नदी, पहाडि श्रृंखला, विभिन्न हिमालको मनोरम दृष्यको साथै तराइको फाँट पनि देख्न सकिन्छ ।