११ भाद्र २०८२, बुधबार | Thu Aug 28 2025


प्रधान्यायाधीश रोबर्टस र राष्ट्रपति ट्रम्पबीच पहिलो पटक आरोप-प्रत्यारोप


0
Shares

काठमाडौं । संघीय न्यायाधीहरुप्रति राष्ट्रप्रति डोनाल्ड ट्रम्पले दिने ब्यङ्ग्यपूर्ण आलोचनाप्रति अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसले कडा टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधी जोनले पहिलो पटक राष्ट्रपति ट्रम्पविरुद्ध मुख खोलेका हुन ।

राष्ट्रपति ट्रम्पले आफ्नो शरणार्थी नीतिबारे फैसला गर्ने न्यायाधीशहरुलाई ओबामा न्यायाधीश भनेपछि प्रधानन्यायाधीश रोबर्टस प्रतिवादमा उत्रिएका हुन ।

प्रधानन्यायाधीश जोनले आफुहरुसँग नत ओमामा न  ट्रम्प, बुश र क्लिन्टन कुनै पनि खाले न्यायाधीश नभएको टिप्पणी गरे ।

अमेरिकी न्यायलयमा असाधारण र प्रतिबद्ध न्यायाधीशहरु रहेको भन्दै प्रधानन्यायाधीश रोवर्टसले स्वतन्त्र न्याय सम्पादनका लागि उनीहरुप्रति आभारी हुनुपर्ने बताए ।

ट्वीटरमा प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले ओबामा न्यायाधीश भएकैले आप्रवासन, सीमा र सुरक्षाका विषयमा आफ्नो नीतिमा अवरोध आएको उल्लेख गरेका छन् ।

न्यायलका उच्च सदस्य र राष्ट्रपतिबीच अमेरिकामा विरलै द्धन्द देखिन्छ ।(एजेन्सी)