
प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता सिंहले देश संघीय संरचनामा गए पनि पार्टीको संरचना पुरानै भएको, महाधिवेशन भएको दुई महिनामा हुनुपर्ने पदाधिकारी नियुक्ति र विभाग गठन नगरेको जस्ता कारणले पार्टीले हारेको बताए ।
कांग्रेसलाई कम्युनिष्टसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउन नेतृत्व परिवर्तन, सांगठनिक सुदृढता र वैचारिक स्पष्टता अपरिहार्य भएको सिंहको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्