
काठमाडौं, मंसिर ५ । प्रतिनिधिसभाअन्तर्गत्को अर्थ समितिले बहुवर्षीय ठेक्काको विवरण माग गरेको छ ।
समितिको बुधबार बसेको बैठकले बहुवर्षीय ठेक्काको विवरण सात दिनभित्र पेस गर्न निर्देशन दिएको हो ।
समितिले ठेक्का लागेका आयोजनाहरुको हालको अवस्था, स्रोत, आयोजना प्रमुख, रकमान्तरलगायत विस्तृत् विवरण ७ दिन भित्र पेस गर्न निर्देशन दिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्