प्रकाश मैनाली (इमेज)
सर्लाही, मंसिर ५ । सर्लाहीको पश्चिमी क्षेत्र धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले भुक्तानी नदिँदा किसानको बिचल्ली भएको छ ।
दुई वर्षदेखि भुक्तानी नदिइ उद्योगी फरार भइरहँदा केही दिनपहिलेमात्र उद्योगपति राकेश अग्रवाललाई करिब ४६ करोड रुपैयाँ नतिरेको भन्दै किसानले दिएको जाहेरीका आधारमा पक्राउ गरेपछि किसान पैसा पाउने आसमा छन् ।
तर, सरकारले नै अनुदानबापत दिने भनेको ६५ रुपैयाँ २८ पैसा किसानले पाउन सकेका छैनन् ।
सर्लाहीको पश्चिमी क्षेत्र धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग २०७० सालमा स्थापना भएको थियोे । सोही वर्षदेखि केही किसानको भुक्तानी बाँकी राखेको छ ।
हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योगले दसैंअगाडि नै किसानको भुक्तानी दिइसकेको छ ।
तर, अहिले सरकारले दिने भनेको अनुदानको पैसा लिन खेतको लालपुर्जा र उखु तौल पुर्जीसहित कोष तथा लेखा नियन्त्रक कार्यालयमा जानुपर्ने भएपछि किसान थप मारमा परेका छन् ।
उद्योगलाई आवश्यक कागजात पठाउन पटक–पटक पत्र पठाएका र यस समस्या सामाधानका लागि एक समिति नै गठन गरी काम गरेको देखिन्छ ।
अहिलेसम्म उद्योगको तर्फबाट किसानको लालपुर्जा र तौल पुर्जा उपलब्ध नभएकाले भुक्तानीमा समस्या आएको हो ।
उद्योगले आवश्यक कागजात बुझाएको तीन दिनभित्र भुक्तानी गर्नसक्ने कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख जगतप्रसाद थपलियाको भनाइ छ ।
सरकारलाई भने भारतबाट आयतित उखुकोसमेत अनुदान दिनुपर्ने हो कि भन्ने डर देखिएको छ ।
उखु आयात गर्ने बेला समिति नै गठन गरी प्रतिगाडी पटकेकर पैसा लिने र भुक्तानीका बेला विभिन्न बाहना बनाउने कार्य किसानको हितमा देखिँदैन ।









प्रतिक्रिया दिनुहोस्