
काठमाडौं, मंसिर ५ । प्रधानसेनापति छैटौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता काठमाडौं उपत्यकामा सुरु भएको छ ।
प्रतियोगितामा भारतका दुईसहित १२ टोलीको सहभागिता रहेको छ ।
नेपाली टोलीमा तीन विभागीय र सातओटा प्रदेश रहेका छन् ।
प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले डेढ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले एउटा स्कुटर पाउनेछिन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेको खेलमा प्रदेश नम्बर–७ ले प्रदेश नम्बर–१ लाई २-१ ले पराजित गर्यो ।
त्यस्तै, बुधबारै भएको दोस्रो खेलमा प्रदेश नम्बर–३ ले प्रदेश नम्बर–४ लाई ४–१ ले हरायो ।
मंसिर १२ गतेसम्म सन्चालन हुने प्रतियोगिताका सबै खेलहरु ‘नकआउट’का आधारमा खेलाइनेछ ।
प्रतिक्रिया दिनुहोस्