२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चैते धान रोप्न किसानलाई चटारो (भिडियो)


0
Shares

धनकुटाको साँघुरी गाँउपालिका–६ सिम्बुवाका किसान चैत महिना लागेसँगै चैते धान लगाउन ब्यस्त हुने गर्दछन् । तर यो गाउँमा चैते धान खेती गर्नेहरुको संख्या भने बर्सेनि घट्दै गएको छ ।

केही वर्ष अघिसम्म गाउँका धेरैले चैते धान खेती गर्ने गरे पनि पछिल्ला वर्षहरुमा १० परिवारले मात्र चैते धान खेती गर्ने गरेका छन् ।

सिम्बुवा जस्तै जिल्लाका अन्य बेसी तथा फाँटमासमेत यस्तै अवस्था छ । सिँचाइ सुविधा र कामदार अभाव हुँदा खेती गर्न समस्या भएको किसानको गुनासो छ ।

आलोपालो गरेर केही जमिनमा मात्र चैते धान खेती गरिएको साँघुरी गाँउपालिका–६ सिम्बुवाका किसान उत्तर लिम्बुले बताए ।

अघिल्लो आर्थिक वर्षमा धनकुटामा १ हजार ४ सय २५ हेक्टरमा गरिएको चैते धान खेतीबाट करिब ३ हजार ७ सय २० मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष भने १ हजार ५ सय ७५ हेक्टरमा गरिएको खेतीबाट ६ हजार ६४ मेट्रिक टन चैते धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय धनकुटाले जनाएको छ ।

सिँचाइको उपलब्धता, अनुकूल मौसम, मल बिउको सहज उपलब्धता तथा बृहत्तर धान उत्पादन कार्यक्रम सञ्चालन गरिएका कारण उत्पादन बढेको कार्यालयले जनाएको छ ।

वृहत्तर धान उत्पादन कार्यक्रम सबै स्थानमा सञ्चालन गर्न सकिए धान उत्पादनमा वृद्धि हुने सिम्बुवाका कृषक खेलबहादुर लिम्बु बताउँछन् ।

धनकुटाको करिब २५ सय हेक्टरमा चैते धान लगाउन सकिन्छ । तर अहिले ६० प्रतिशत क्षेत्रफलमा मात्र लगाउने गरिएको छ । सिँचाई सुविधा, मलखाद, उन्नत बिउबिजन किसानलाई उपलब्ध गराउन सके चैते धान उत्पादनमा वृद्धि गर्न सकिने प्रसस्त सम्भावना रहेको छ ।

भिडियो हेर्नुहोस्