
काठमाडौं, मंसिर ५ । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ ।
बुधबार लुम्बिनीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लुम्बिनी क्षेत्रलाई पञ्चशील क्षेत्र घोषणा गरेका हुन् ।
अब लुम्बिनी क्षेत्रमा हत्या, हिंसा, चोरी, व्यभिचार र मदिरापान गर्न नपाइने उनले बताए ।
उनले अबको तीन वर्षमा लुम्बिनी विकास क्षेत्रको गुरुयोजना पूरा हुने दाबी पनि गरे ।
अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थवीरले बुद्धको जन्मभूमिमा ढिलै भएपनि पञ्चशीलका आधारभूत नियमहरु बसालिनु सकारात्मक भएको बताए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुतले बुद्धधर्मको पहिलो आधार नै पञ्चशील भएकाले बुद्ध जन्मभूमिलाई पञ्चशील क्षेत्र घोषणा गर्नु सकारात्मक भएको बताए ।
प्रतिक्रिया दिनुहोस्