२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मन्त्री यादवसँग चिनियाँ प्रतिनिधिमन्डलको भेट


0
Shares

सिंहदरबारस्थित मन्त्री यादवको सचिवालयमा सोमबार भएको भेटवार्तामा मन्त्री यादव र प्रतिनिधिमन्डलबीच उपभोक्ता हित तथा अधिकारका विषयमा छलफल भएको मन्त्रीका स्वकीयसचिव सन्तोष विष्टले जानकारी दिए ।

उनकाअनुसार मन्त्री यादवले नेपाल राजनीतिक संक्रमण अन्त्य भइ आर्थिक समृद्धि र विकासको मार्गमा अगाडि बढेको बताएका थिए ।

उनले चीनको आर्थिक विकासमा आफूलाई खुसी लागेको उल्लेख गर्दै नेपालको समृद्धिका लागि पनि सहयोग गर्न आग्रहसमेत गरे ।

मन्त्री यादवले गत वर्ष नेपाल सरकारको आपूर्ति मन्त्रालय र चीनको स्टेट एड्मिनिष्ट्रेसन फर इन्डस्ट्री एन्ड कमर्सबीच उपभोक्ता अधिकार संरक्षणका विषयमा भएको सम्झौतालाई कार्यान्वयन गर्ने विषयलाई जोड दिए ।

उपभोक्ता हितका विषयमा दुई देशबीचका कानुन विषयका जानकारी आदान–प्रदान गर्ने र बजारलाई स्वास्थ्य बनाइराख्न निरन्तर छलफल हुनुपर्ने मन्त्री यादवले बताए ।

त्यसैगरी, चिनियाँ उपमन्त्रीले चीन–नेपालबीच हजारौं वर्षको मित्रवत् सम्बन्धलाई विस्तार गर्दै जानुपर्नेमा जोड दिइन् ।

उनले दुई देशबीचको सहकार्यले एकर्काको भाग्य निर्माण हुने भन्दै आफ्नो देशले नेपालसँगको सम्बन्धलाई विशेष जोड दिएको बताइन् ।

उनले बजार नियमन र उपभोक्ताका विषयमा दुई देशबीच सहकार्य गरेर अगाडि बढ्ने र त्यस क्षेत्रमा नेपाललाई सहयोग गर्ने विश्वास दिलाइन् । रासस