राष्ट्रपति भण्डारी ट्वीटरमा • Image Khabar Image Khabar


राष्ट्रपति भण्डारी ट्वीटरमा


Imagekhabar
२६ चैत्र २०७४, सोमबार १६:३८

राष्ट्रपति भण्डारी ट्वीटरमा

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीयसचिव भेषराज अधिकारीकाअनुसार राष्ट्रपति भण्डारीको ट्वीटर ह्यान्डिल एट प्रेसिडेन्डटअफएनपी (@PresidentofNP) रहेको छ ।

राष्ट्रपति भण्डारीले पहिलो ट्वीट बालबालिका शिक्षाको पहुँचमा सरकारले गरेको प्रयासको सराहना गरेकी छन् ।

राष्ट्रपति भण्डारीको पहिलो ट्वीटमा भनिएको छ–‘सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउने नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना !’

संसारका विभिन्न राष्ट्रप्रमुख तथा सरकार प्रमुखले आफ्नो धारणा सार्वजनिक गर्न ट्वीटरको प्रयोग गर्दै आएका छन् ।

सहजरुपमा जनतासँग संवाद गर्ने थलोकारुपमा ट्वीटरलाई लिइन्छ । ‘नागरिकसँग प्रत्यक्षरुपमा जोडिने लक्ष्यका साथ राष्ट्रपति भण्डारी पनि ट्वीटरमा जोडिनुभएको हो’–प्रमुख स्वकीयसचिव अधिकारीले भने । रासस

प्रतिक्रिया दिनुहोस्