
नेपाल विद्युत् प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालले विद्युतीय सुरक्षा दिवसका अवसरमा सोमबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री पुनले विद्युतीय दुर्घटनामा पनि तेस्रो पक्ष बिमा लागू गर्न अगाडि बढ्नपर्ने बताए ।
प्राधिकरणकाअनुसार वि.सं. २०६८ को असारबाट हालसम्म ७५२ विद्युतीय दुर्घटना भएका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय दुर्घटनाका कारण प्राधिकरणलाई अतिरिक्त वित्तीय बोझ बढेको बताए ।
सुरक्षात्मक उपाय अपनाउनु भनेको मानवीय क्षति घटाउनुमात्रै नभइ प्राधिकरणको वित्तीय अवस्था पनि सुधार गर्ने अभियान रहेको उनले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्