
केशव भण्डारी (इमेज)
बुटवल, मंसिर ५ । रुपन्देहीको सैनामैना नगरपालिका–२, सरौलीमा बुधबार सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको से४प ७७७५ नम्बरको मोटरसाइकल र पश्चिमबाट बुटवल आउँदै गरेको बा१८च ८०१६ नम्बरको हाइलेक्स गाडी एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सैनामैना–१, बर्माडाँडाका ५० वर्षीय तिलबहादुर सुनुवार र मोटरसाइकलमा सवार ५६ वर्षीय खेम सुनुवार रहेका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैजनाको उपचारकाक्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो गाडीका चालक र गाडी इलाका प्रहरी कार्यालय रन्यौराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्