कोरियामा नेपाली नर्सलाई पनि ईपीएस प्रणाली अन्तर्गत रोजगारी • Image Khabar Image Khabar


कोरियामा नेपाली नर्सलाई पनि ईपीएस प्रणाली अन्तर्गत रोजगारी


Imagekhabar
२७ चैत्र २०७४, मंगलवार ०७:०९

कोरियामा नेपाली नर्सलाई पनि ईपीएस प्रणाली अन्तर्गत रोजगारी

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपालबाट अदक्ष कामदारको माग बढाउँदै लगेको कारियाले दक्ष कामदारका रूपमा नेपाली नर्सलाई लैजान सकिने संकेत गरेपछि सरकारले पहल अघि बढाएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियासँग नेपाली नर्सका लागि रोजगारी दिन अनुरोध गरेको छ । नेपाल सरकारले अदक्ष कामदारमात्र कोरिया गइरहेको भन्दै दक्ष कामदारका रूपमा नर्सलाई रोजगारी दिन अनुरोध गरेपछि कोरियाली पक्ष सकारात्मक रहेको वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

अन्य प्रकृयाबाट न्यून संख्यामा नेपाली नर्स कोरिया गइरहे पनि हाल सञ्चालनमा रहेको ईपीएस प्रणालीबाट नै दक्ष नेपाली कामदार माग गर्न सरकारले गरेको अनुरोधमा कोरियाली पक्ष सकारात्मक देखिएको उनले बताए । –कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्