५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024


औषधि लिमिटेडको गति अत्यन्तै सुस्त


0
Shares

प्रतीक्षा खनाल/रक्षा बज्राचार्य (इमेज)

काठमाडौं, मंसिर ५ । लामो समय बन्द रहेर गत वर्षदेखि सन्चालनमा ल्याइएको नेपाल औषधि लिमिटेडले बजारमा उपस्थिति देखाउन सकेको छैन ।

सीमित औषधिहरुको उत्पादन गरिरहेको कम्पनीको गति अत्यन्तै सुस्त देखिएको छ ।

कुनैबेला ‘शाही औषधि लिमिटेड’कारुपमा देशको औषधि बजारमा बर्चश्व जमाएको नेपाल औषधि लिमिटेड ७ वर्षसम्म बन्द रहेर २०७४ साल वैशाखदेखि पुनः सन्चालनमा ल्याइएको थियो ।

तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा निश्चित औषधिहरु उत्पादन गर्दै सन्चालनमा आएको यो कम्पनीले बजारमा उपस्थिति जनाउनसमेत सकेको छैन ।

औषधिमा जीवनजल र सिटामोल तथा डिस्टिल वाटर र ग्लीसिरिन उत्पादन गरिरहेको भएपनि मागअनुसार आपूर्ति गर्न नसक्दा यी उत्पादनहरु पनि बजारमा सहजै पाइँदैन ।

नेपाल औषधि लिमिटेडका महाप्रबन्धक रोभसकुसम सुवेदी मागअनुसार आपूर्ति गर्न नसकेको स्वीकार्दै आगामी दिनमा उद्योग निश्चित कार्यविधिबाट सन्चालन हुने दाबी गर्छन् ।

महाप्रबन्धक सुवेदीकाअनुसार सिटाप्लस ट्याबलेट परीक्षण चरणमा छ भने जुकाको औषधि अल्वेन्डाजोल उत्पादनको तयारी भइरहेको छ ।

वि.सं. २०२९ सालमा स्थापना भएको यस कम्पनीले बन्द हुनुअघिसम्म १२० प्रकारका औषधि उत्पादन गर्ने गर्दथ्यो ।

विश्व स्वास्थ्य संगठनले गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी) अनिवार्य गरेपछि मापदन्ड पूरा नभएको बहानामा यो कम्पनी बन्द गरिएको थियो ।

औषधि उद्योग सन्चालनका लागि पर्याप्त भौतिक संरचना र जनशक्ति भएरपनि पुनः सन्चालन गरिएको डेढ वर्ष बितिसक्दा पनि उत्साहपूर्ण अवस्था देखिँदैन ।

भिडियो हेर्नुहोस्