काठमाडौं, असार १२ । अपर तामाकोसी आयोजनाले प्रभावित स्थानीय बासिन्दाका लागि यही असार २४ गतेदेखि सेयर निष्कासन गर्दैछ ।
पहिलो चरणमा दोलखास्थित आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि असार २४ देखि साउन ९ गतेसम्म धितोपत्र निष्कासन खुला हुने निष्कासक तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको हो ।
कम्पनीले १०० अंकित दरका २ करोड ६४ लाख ७५ हजार कित्ता सेयरमध्ये १ करोड ५ लाख ९० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र १ करोड ५८ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
यसका लागि उनीहरुले न्यूनतम् ३० कित्तादेखि बढीमा ३०० कित्तासम्मका लागि आवेदन दिनसक्ने जनाइएको छ ।
सर्वसाधारण सेयरधनीहरुका लागि भने स्थानीय बासिन्दाहरुको सेयर बाँडफाँटपश्चात् निष्कासन खुला गर्ने कोषले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्