Logo २३ भाद्र २०८३, मंगलबार | Wed Sep 9 2026


दुई लाख घुस रकमसहित मालपोतका कर्मचारी समातिए


0
Shares

सो कार्यालयका मुद्दा फाँटमा कार्यरत् खरिदार धर्मराज सुवेदी र ओमबहादुर सुनारलाई सेवाग्राहीबाट घुस लिँदैगर्दा दुई लाख रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।

मोहीबापत प्राप्त हुने जग्गाको नियमानुसार हुने कामलाई नगरी दुःख, हैरानी दिएको साथैै काम छिटो–छरितो गरिदिने भन्दै रु दुई लाख मागेपछि विशेष सूचनाका आधारमा आयोगको टोलीले सो रकमसहित दुवैजनालाई पक्राउ गरेको सूचना अधिकारी सापकोटाले जानकारी दिए । रासस