
देशमा गणतन्त्र स्थापनार्थ शहादत प्राप्त गर्ने शहिद ऋषिराज देवकोटा आजाद, दुर्गा सुवेदी, दलबहादुर रजनमगरको अर्धकदको शालिकमा विपी राजमार्गबाट आवत जावत गर्ने वामपन्थी पार्टीका नेता कार्यकर्ताले फूलमाला चढाएर श्रद्धान्जली अर्पण गर्दछन् । अरु यात्रीले पनि अवलोकन गर्ने र सामुहिक फोटो खिचाउने गर्दछन् ।
शहीदको स्मारक पार्कमा अवलोकन गर्न, शहीदको शालिकमा माल्यार्पण गर्न आउने पर्यटकका कारण भिमान बजारको व्यापार व्यवसाय पनि बढेको छ । देशमा गणतन्त्र स्थापनार्थ भूमिगत शैलीमा आन्दोलनमा रहँदा आजाद, सुवेदी र मगरको २०३७ सालमा हत्या गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्