Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


धनकुटा नगरपालिकाले एभोकाडो महोत्सव गर्ने


0
Shares

धनकुटा । धनकुटा नगरपालिकाले एभोकाडो महोत्सव गर्ने भएको छ । नगरक्षेत्रलाई एभोकाडोको राजधानी घोषणा गरेको नगरपालिकाले यसको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव नै गर्न लागेको हो ।

धनकुटामा फस्टाउदै गरेको एभोकाडो खेतीका बारेमा जानकारी दिन र बजार प्रबद्र्धन गर्ने उद्देश्यले यही मंसिर ८ गते महोत्सव गर्न लागिएको महोत्सव तयारी समितिका संयोजक तथा धनकुटा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टिकादत राईले जानकारी दिए ।

महोत्सवमा एभोकाडोका २० स्टल रहने छन् । प्रदर्शनीमा राखिएका मध्येबाट उत्कृष्ट एभोकाडोका तीन जना कृषकलाई क्रमशः १५ हजार, १० हजार र ५ हजारले पुरस्कृत गरिने जनाइएको छ ।

महोत्सवका दिन धनकुटा नगरपालिकामा बनाइएको एभोकाडोको प्रतिमासमेत अनावरण गरिने जनाइएको छ ।

Skip This