
पोखरी र त्यसभित्रका संरचना परम्परागत मौलिक स्वरुपमै बनाउने कि आधुनिकरुपमा बनाउने ? भन्नेमा चर्केको विवादमा अरु पक्ष पनि थपिएपछि निर्माणको काम नै ओझेलमा परेको हो ।
यही विवादले देशको प्राचीन र मौलिक संस्कृतिको धरोहर तीन वर्षदेखि कार्यकारी प्रधानमन्त्रीदेखि नीति निर्माण तहमा रहेकाहरुलाई गिज्याएर ढंग्रंङ लडिरहेको छ ।
चुना र कंक्रिटको प्रयोगबाट पोखरी बनाउने काठमाडौं महानगरपालिकाको निर्णयलाई पुरातत्व विभागले मापदन्डविपरीतकोमात्र ठहर्याएन, स्वयं महानगरपालिकाकै नेतृत्व पनि विभाजित बन्यो ।
मेयर विद्यासुन्दर शाक्यलगायत पक्षले गर्न लागेको काममा उपमेयर हरिप्रभा खड्गीले त तालाबन्दी नै गरिदिइन् । महानगरपालिकाले बनाउन लागेको कंक्रिटको ‘वाल’ भत्काइयो ।
यो सारा बबन्डर मच्चिएरपनि रानीपोखरी अझै बनेन ।
यतिबेला भने अब पुरातत्व विभाग र महमनगरपालिकाबीच रानीपोखरीलाई पूरानै मौलिक शैलीमा बनाइने सहमति भएको छ ।
काठमाडौं महानगरपालिका भौतिक पूर्वाधार विकासका विभागीय प्रमुख रामबहादुर थापाले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा हालै बसेको बैठकले विवादको निकास खोलेको बताए ।
कार्यपालिका बोर्डले कंक्रिटको वाल भत्काउने र फेरि टेन्डर आह्वान गर्ने सहमति बनेको हो ।
पोखरीको निर्माणको अभिभारा महानगरपालिकाको भएकाले अब मौलिक शैलीमै बनाउने थापाको भनाइ छ ।
आगामी जेठ १५ गतेभित्र पुनःनिर्माणको काम थाल्न बैठकले निर्देशन दिएकाले कंक्रिटको वाल भत्काएर जेठ मसान्तबाट विधिसम्मत् ठेक्का खोलिने महानगरको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्