
काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले चुनावी राजनीतिबाट संन्यासको घोषणा गरेकी छन् ।
६६ वर्षिया स्वराजले आगामी सन् २०१९ को लोकसभा निर्वाचनमा समेत प्रतिस्पर्धा नगर्ने घोषणा गरेकी हुन् ।
निश्चित उमेरपछि राजनीतिबाट संन्यास लिने परम्पराको सुरुवातका लागि आफूले निर्वाचन नलड्ने घोषणा गरेको उनको भनाइ छ ।
सन् १९७७ मा २५ वर्षको उमेरमा हरियाणा विधानसभामा निर्वाचित सुष्मा स्वराज भारतको विदेश मन्त्रालय सम्हाल्ने दोस्रो महिला हुन् ।
भारतको सर्वाेच्च अदालतकी अधिवक्ता समेत रहेकी स्वराज मृगौलासम्बन्धी रोगबाट पीडित छिन् ।
सन् २०१६ मा मृगौला प्रत्यारोपण गरेकी स्वराजले स्वास्थ्यका कारण संन्यासको घोषणा गरेको हुनसक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्