फेवा नववर्ष महोत्सव सुरु, ‘स्थानीय उत्पादन खुवाउने होमस्टेलाईमात्र सहयोग’ • Image Khabar Image Khabar


फेवा नववर्ष महोत्सव सुरु, ‘स्थानीय उत्पादन खुवाउने होमस्टेलाईमात्र सहयोग’


Imagekhabar
२८ चैत्र २०७४, बुधबार १९:५९

फेवा नववर्ष महोत्सव सुरु, ‘स्थानीय उत्पादन खुवाउने होमस्टेलाईमात्र सहयोग’

महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै मन्त्री अधिकारीले सरकारले केही महिनाभित्रमा १०० ओटा पर्यटकीय गन्तव्य पहिचान गरी तीनको प्रचार गर्ने तयारी गरेको जानकारी दिए ।

उनले पोखरा र वरपरको क्षेत्रमा दर्जनौं होमस्टे विकास गर्ने र स्थानीय उत्पादन खुवाउने होमस्टेलाईमात्र सरकारले प्रोत्साहन र सहयोग गर्ने बताए ।

उनले पर्यटकीय क्षेत्र पोखराको लेकसाइडलाई राति २ बजेसम्म र काठमाडौंको ठमेललाई ३ बजेसम्म खोल्न पहल गर्ने पनि बताए ।

फेवातालको संरक्षणका लागि छिटै कार्ययोजना सार्वजनिक गरिने भन्दै उनले पोखरामा बन्दै गरेको नयाँ विमानस्थलको कामलाई तीव्रता प्रदान गरिने प्रतिबद्धता जनाए ।

पोखरा विमानस्थलबाहेक नेपालका पाँचओटा विमानस्थल छनोट गरी राति पनि सेवा दिने अवस्था सिर्जना गर्ने तयारी भएको र एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको काम अघि बढिसकेको पनि मन्त्री अधिकारीले बताए ।

प्रदेश नम्बर–४ का पर्यटनमन्त्री विकास लम्सालले प्रदेश–४ र खासगरी पोखरा आउने पर्यटकको तथ्यांक राख्ने काम थालिने र प्रवद्र्धनको कामलाई अगाडि बढाइने उल्लेख गरे ।

पोखरामा अन्तर्राष्ट्रिस्तरको सेमिनार हल बनाइने भन्दै उनले कोरलादेखि सुस्तासम्म स्तरीय सडक निर्माण गर्ने योजना सुनाए ।

दिन–प्रतिदिन प्रदूषित र संकुचित हुँदै गएको फेवातालको संरक्षण गर्दै आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य महोत्सवको आयोजना गरिएको जनाइएको छ ।

महोत्सव आगामी वैशाख २ गतेसम्म चल्नेछ । महोत्सवमा खानाका १०सहित ४० ओटा स्टल राखिएको छ ।

नेपाली तथा विदेशी खाना, साँस्कृतिक कार्यक्रम, लोकदोहोरी, पप कन्सर्ट, पर्यटक र डुंगादौड, व्यापारिक स्टल, हास्यकलाकारको प्रस्तुति, खुला नृत्य र रत्यौलीगीत प्रतियोगिताजस्ता आकर्षण पनि महोत्सवमा रहेको छ ।

फेवा नववर्ष महोत्सव सुरु, ‘स्थानीय उत्पादन खुवाउने होमस्टेलाईमात्र सहयोग’

फेवा नववर्ष महोत्सव सुरु, ‘स्थानीय उत्पादन खुवाउने होमस्टेलाईमात्र सहयोग’

प्रतिक्रिया दिनुहोस्