१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सुनको मूल्य तोलामा ५०० ले वृद्धि


0
Shares

बुधबार एकैदिन सुन मूल्य तोलामा ५०० रुपैयाँले महँगियो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५०० ले बढेर तोलाको ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य गत शुक्रबारदेखि तोलाको ५७ हजार ९०० रुपैयाँमा स्थीर रहेको थियो ।

बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ७४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंन्स १३ सय ५४ डलर हाराहारीमा कारोबार भएको थियो ।