१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


निगमद्वारा उत्कृष्ट टिकट बिक्री एजेन्ट र कार्गो एजेन्सीहरु सम्मानित


0
Shares

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगम सन्चालक समितिका अध्यक्ष कृष्णप्रसाद देवकोटाले कम्पनीहरुलाई सम्मानपत्र प्रदान गरेका हुन् ।

आन्तरिकतर्फका तीन बढी टिकट बिक्रेता दुई कार्गो एजेन्ट, बैंककका तीनओटा पीएसए र तीनओटा जीएसएसहित नेपालका १० ओटा बढी टिकट बिक्रेता सम्माति भए ।

सचिव देवकोटाले पर्यटकहरुले पाएसम्म आफ्नै देशको र नभए गन्तव्य मुलुकको ध्वजाबाहक प्रयोग गर्ने धारणा राख्दै निगमले विमान थप्दै गएर पर्यटकहरु आकर्षित गर्नुपर्नेमा जोड दिए ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले व्यापार विस्तार गर्दै गन्तव्य थप्ने रणनीति निगमले लिएको र निगमका विमान पुगेका ठाउँहरुबाट यात्रीले सस्तो टिकट पाएको बताए ।