८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


नेप्से १२ सय तल


0
Shares

काठमाडौं, असार १२ । मंगलबार पनि सेयरबजारमा ‘वियरिष ट्रेन्ड’ कायमै रह्यो ।

नेप्से १२ सय तल आइपुग्यो । नेप्से १५ अंकले झरेर ११ सय ९४ मा आइपुगेको होे ।

सरकारले पुँजीगत लाभकरसम्बन्धी निर्णय गर्न नसक्नु र बजार निरन्तर वियरिष ट्रेन्डमा रहँदा मार्जिन कलका कारण लगानीकर्ता अत्तालिएको विश्लेषण गरिएको छ ।

यसदिन कारोबार भएका सबै समूह ओरालो लागे । बिमा समूहमा सबैभन्दा उच्च ७८ अंकको, होटल समूहमा ५२ अंक अनि उत्पादनमूलक समूहमा पनि ५० अंकको गिरावट आयो । लघुवित्त समूह ३२ अंकले झर्‍यो ।

विकास बैंक, वाणिज्य बैंक अनि जलविद्युत् समूह पनि दोहोरो अंकले ओर्लिए ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीका ६ लाख २१ हजार कित्ता सेयर २३ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।