उपराष्ट्रपतिद्वारा मेलम्ची सुरुङ ‘ब्रेक थ्रु’ घोषणा, भदौसम्ममा पानी खसालिने • Image Khabar Image Khabar


उपराष्ट्रपतिद्वारा मेलम्ची सुरुङ ‘ब्रेक थ्रु’ घोषणा, भदौसम्ममा पानी खसालिने


Imagekhabar
२९ चैत्र २०७४, बिहीबार १५:२५

उपराष्ट्रपतिद्वारा मेलम्ची सुरुङ ‘ब्रेक थ्रु’ घोषणा, भदौसम्ममा पानी खसालिने

बिहीबार एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले ‘ब्रेक थ्रु’ भएको घोषणा गरेका हुन् ।

सिन्धु अडिटबाट ग्याल्थुमसम्मको ७.४ किमि सुरुङखन्डको मध्यभागमा ब्रेक थ्रु भएको हो ।

ब्रेक थ्रु भएको औपचारिक घोषणा कार्यक्रममा खानेपानीमन्त्री बीना मगर पनि उपस्थिति थिइन् ।

उक्त कार्यक्रममा उपराष्ट्रपति पुनले राजधानीवासीलाई हिमालको काखमा रहेको स्वच्छ खानेपानी दसैंअघि नै उपलब्ध गराउने बताए ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले सिन्धु अडिटदेखि ग्याल्थुमसम्मको सुरुङ जोड्ने काम सम्पन्न भएको र योजना सम्झौताअनुरुप काम अगाडि बढेमा अबको चार महिनाभित्र आउँदो भदौसम्ममा सुन्दरीजलमा पानी खसाल्ने बताए ।

देवकोटाकाअनुसार २७.५ किलोमिटरको सुरुङमध्येको काठमाडौंको सुन्दरीजलदेखि पानीको मुहान सिन्धुपाल्चोक जिल्लाको अम्बाथानसम्म जम्मा ४ किलोमिटर सुरुङकोमात्र ‘फिनिसिङ’ सम्पन्न भएको र अझै २३.५ किलोमिटर ‘फिनिसिङ’ गर्न बाँकी रहेको छ ।

सुरुङ छिचोलिएरमात्रै काठमाडौँमा पानी जाने होइन, सुरुङभित्रको ढलान प्लास्टरलगायतका अन्य फिनिसिङका कार्य गर्न बाँकी रहेको छ र यसले केही समय लिन्छ ।

सुरुङमा पानी पठाउन मुख्य प्रवेशद्वार अम्बाथानमा निर्माण गर्नुपर्ने हेडबक्सको कार्य अझै बाँकी रहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्