राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेस • Image Khabar Image Khabar


राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेस


Imagekhabar
२९ चैत्र २०७४, बिहीबार १८:३८

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेस

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा महालेखापरीक्षक टंकमणि शर्माले उक्त प्रतिवेदन पेस गरेका हुन् ।

संवैधानिक प्रावधानअनुसार महालेखापरीक्षकको कार्यालयले हरेक वर्ष चैतभित्र प्रतिवेदन पेस गर्नुपर्ने कार्यतालिका छ ।

सबै सरकारी कार्यालय र संघ वा प्रदेश सरकारको पूर्णस्वामित्व भएको संगठित संस्थाको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यसमेतको विचार गरी महालेखापरीक्षकबाट अन्तिम लेखापरीक्षण हुने व्यवस्था छ ।

महालेखापरीक्षकमा आफू नियुक्त भएको ११ महिनाभित्र २०७४ सालको नियमित र सोभन्दा अघिका लेखापरीक्षण गर्न बाँकीसमेत गरी ६ हजार १६ निकायको आर्थिक कारोबारको परीक्षणपपछि देखिएका विषय प्रतिवेदनमा उल्लेख गरिएको शर्माले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्