
काठमाडौं, मंसिर ४ । हिमालयन बैंकले ‘हाई एमबि’ मोबाइल बैंकिङ एप सार्वजनिक गरेको छ ।
‘हेयर इज योर न्यू बैंक’ तथा ‘बिग बैंक इन स्मल साइज’ भन्ने नाराका साथ बैंकले एप सार्वजानिक गरेको हो ।
मोबाइल एपबाट ग्राहकहरुले आफ्नो खाता, ऋण, रकमान्तर गर्नसक्ने सुविधा, बिलहरुको भुक्तानी गर्नेदेखि बैंकले दिने अन्य सबै सुविधाबारे जानकारी पाउने र उपयोग गर्नसक्ने बैंकले जनाएको छ ।
हिमालयन बैंकले देशभरि ५६ ओटा शाखा तथा १०८ एटीएमबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्