२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


गगन थापाले भनेः नयाँ बर्ष आर्थिक समृद्विको बर्ष हुनेछ


0
Shares

काठमाडौं, चैत ३० । नेपाली कांग्रेसका नेता गगन थापाले नयाँ बर्ष आर्थिक समृद्विको बर्ष हुने उद्घोष गरेका छन् ।

गन्तब्य नेपालले आज काठमाडौमा गरेको नयाँ बर्ष महोत्सवको उद्घाटन गर्दै उनले २०७४ साल उपलब्धिमूलक रहेको बताए ।

२०७४ सालमा तीन तहकै निर्वाचनबाट मुलुकले निकास पाएको भन्दै तुलनात्मक रुपमा यो बर्ष सफल रहेको उनको टिप्पणी थियो ।

२०७४ सालबाटै मुुलुकले राजनीतिक निकास पाएको र संक्रमणकालको अन्त्यसमेत भएको उनको भनाई थियो ।

नयाँ बर्षको अवसरमा गन्तब्य नेपालले विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुलाई सम्मानित गरेको थियो ।

महोत्सवमा खानाका विभिन्न परिकार र हस्तकलाका सामग्री प्रदर्शनमा राखिएको छ ।