
बुटवल, चैत ३० । प्रदेश नम्बर ५ को प्रदेश सरकारले ‘सम्बृद्ध प्रदेश, सुखी जनता’को नारासहित १ अर्ब २ करोड ५ लाख रुपैंयाको को बजेट सार्वजनिक गरेको छ ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएका मूख्यमन्त्री शंकर पोखरेलले बजेट पेश गरे ।
प्रदेश सरकारको आफ्नो स्रोत नभएकाले केन्द्रले दिएको अनुदान रकमबाटै बजेट ल्याइएको मुख्यमन्त्री पोखरेलले जानकारी दिए ।
सार्वजनिक गरिएको बजेटमा ३६ करोड ६३ लाख ८२ हजार चालु खर्च र ३४ करोड ६ लाख ७५ हजार रुपैयाँ पूँजीगत खर्चतर्फ विनियोजन गरिएको छ ।
बाँकी ३१ करोड ३४ लाख ४३ हजार रुपैंया अर्थ बजेटमा राखिएको छ । अर्थ वजेटबाट वचत भएको रकम आगामी आर्थिक वर्षको आयमा समावेश गरिने छ ।
प्रतिक्रिया दिनुहोस्