सुनको भाउमा सामान्य कमी, चाँदीको मूल्य पनि घट्यो • Image Khabar Image Khabar


सुनको भाउमा सामान्य कमी, चाँदीको मूल्य पनि घट्यो


Imagekhabar
३० चैत्र २०७४, शुक्रबार १९:२२

सुनको भाउमा सामान्य कमी, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं, चैत ३० । पछिल्ला दिन उच्च दरले उकालो लाग्दै रहेको सुनको भाउमा शुक्रबार भने कमी आयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सयले कमी आएर ५८ हजार ५ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहीबार ५ सयले उकालो लागेर ५८ हजार ९ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर ७ सय ४५ मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रति औंन्स १३ सय ४३ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्