
काठमाडौं, चैत ३० । चालु आर्थिक वर्ष २०७४/७५ को आठ महिना अर्थात् फागुन सम्म उपलब्ध आर्थिक परिसूचकहरुले आर्थिक गतिविधिको मिश्रित परिदृश्य रहने देखाएको राष्ट्र बैंकले जनाएको छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुुसार मकैको उत्पादन ९ दशमलब ४ प्रतिशत तथा गहुुँको उत्पादन ५ प्रतिशतले बढ्ने अनुमान रहेको छ ।
तथापि चालुु आर्थिक वर्षको सुुरुवातमा तराई भागमा आएको भारी वर्षा तथा डुुवानका कारण धानको उत्पादनमा भने १.५ प्रतिशतले कमी आउने अनुुमान मन्त्रालयको रहेको छ ।
कुल कृषि उत्पादनमा खाद्यान्न वालीले महत्वपूर्ण अंश ओगट्ने भएकाले कृषि उत्पादन वृद्धिदर अपेक्षा भन्दा कम रहने अनुमान राष्ट्र बैंकको छ ।
गैह–कृषि गतिविधितर्फ चालुु आर्थिक वर्षको आठ महिनामा केही जलविद्युत आयोजनाहरु सम्पन्न भएका र कुल विद्युत उत्पादनमा ७२ मेगावाट विद्युत थपिएको छ ।
फलाम लगायतका कच्चा पदार्थको आयातमा भएको वृद्धिका साथै उर्जा आपूर्तिमा आएको सुधारबाट औद्योगिक गतिविधिमा विस्तार आउने देखिन्छ ।
त्यसैगरी फलामजन्य वस्तुु तथा सिमेन्टको आयातमा भएको वृद्धिबाट निर्माण तथा पूननिर्माण कार्यले गति लिएको प्रतिविम्वित हुने केन्द्रीय बैंकले जनाएको छ ।
फागुुन महिनामा वार्षिक बिन्दुुगत उपभोक्ता मुुद्रास्फीति दर भने ६ प्रतिशत पुगेको छ ।
अघिल्लो वर्ष यसै अवधिमा जम्मा २.९ प्रतिशत रहेको थियो ।
तरकारीजन्य वस्तुहरुको उल्लेख्य मूल्य वृद्धि र गत वर्षको न्यून मूल्य आधार प्रभावका कारण अघिल्लो वर्षको तुलनामा समिक्षा अवधिमा मुुद्रास्फीति केही बढेको हो ।
तरकारीजन्य वस्तुहरुको मुुद्रास्फीति अल्पकालिक उच्च रहेको भएतापनि औसत मुद्रास्फीति वार्षिक प्रक्षेपणभन्दा कम नै रहने अनुमान छ ।
आयातको स्तर बढेको हुँदा चालुु खाता तथा शोधनान्तर घाटामा विस्तार भएको छ ।
यद्यपि विदेशी विनिमय संचिति ९.७ महिनाको वस्तुु तथा सेवा आयात धान्नका लागि प्रयाप्त रहेको जनाइएको छ ।
यस अवधिमा १३.० प्रतिशतले विस्तार भएको निक्षेप भन्दा कर्जा वृद्धिदर १७.४ प्रतिशत रहेवाट वित्तीय स्थिति कसिलो रहेका देखिएको जनाइएको छ ।
स्थानीय, प्रादेशिक तथा संघीय संसदको निर्वाचन सफलतापूर्वक सम्पन्न भई तद्अनुुरुपका सरकारहरुको गठन भएकाले सरकारी वित्त कारोवारहरुले गति लिइरहेको स्थिति छ ।
यसबाट आउँदा दिनहरुमा वित्तीय अवस्थामा सुुधार आउने राष्ट्र बैंकको अपेक्षा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्