छायाँनाथ हेर्ने हो भने वैशमै जाऔं, बुढेशकाल लागेपछि गाह्रो हुँदोरहेछ : प्रधानमन्त्री • Image Khabar Image Khabar


छायाँनाथ हेर्ने हो भने वैशमै जाऔं, बुढेशकाल लागेपछि गाह्रो हुँदोरहेछ : प्रधानमन्त्री


Imagekhabar
१ बैशाख २०७५, शनिबार १६:३८

छायाँनाथ हेर्ने हो भने वैशमै जाऔं, बुढेशकाल लागेपछि गाह्रो हुँदोरहेछ : प्रधानमन्त्री

सो अवसरमा उनले रारा एकपटक जानैपर्ने ठाउँ भएको बताउँदै ‘छायाँनाथ हेर्ने हो भने वैशमै जाऔं, बुढेशकाल लागेपछि गाह्रो हुँदोरहेछ’–भने ।

प्रधानमन्त्री ओलीले भने–‘रारालाई पर्यटकीय आकर्षक गन्तव्य बनाइने, जडीबुटीको प्रदेश कर्णालीलाई अर्गानिक प्रदेश, कर्णाली राजमार्गको स्तरवृद्धि, सुर्खेत र मुगु जोड्ने सडक निर्माण, हवाई यातायात नियमित र राराको सुन्दरता एंव पवित्रता कायम गरिनेछ ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्रप्रसाद अधिकारीले रारा र से फोक्सेन्डोलाई पर्यटकीय ‘सर्किट’मा जोडिने बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने र यो वर्ष विद्यार्थी भर्नाका लागि राष्ट्रिय अभियान अगाडि बढाउने धारणा व्यक्त गरे ।

शनिबारमात्र १५ हजार आन्तरिक तथा बाह्य पर्यटक रारा पुगेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्