Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


लिटिल फ्लावर च्याम्पियन


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, मंसिर ४ । निस्ट कलेज लिटिल फ्लावर प्रिमियर लिग टी–२० क्रिकेटको तेस्रो संस्करणको उपाधि घरेलु टोली लिटिल फ्लावर बोर्डिङ स्कुलले जितेको छ ।

मंगलबार भएको फाइनलमा महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीलाई ७ विकेटले पराजित गर्दै लिटिल फ्लावर धनगढीले पहिलोपटक उपाधिमाथि कब्जा जमाएको हो ।

उपाधिसँगै लिटिल फ्लावरले एक लाख ११ हजार १११ रुपैयाँ पुरस्कार पायो ।

लगातार दोस्रोपटक उपविजेतामा सीमित बनेको लिटिल बुद्धले ५५ हजार ५५५ रुपैयाँ चित्त बुझायो ।

धनगढीस्थित संघीय प्रहरी कार्यालयको खेलमैदानमा भएको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको लिटिल बुद्धले २० ओभरमा ३ विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।

लिटिल बुद्धका लागि हेमन्त कार्कीले अविजित ७३, नारायण जोशीले ३३ र सुशील खड्काले १९ रनको योगदान गरे ।

लिटिल फ्लावरका शेर मल्लले २ तथा सागर भण्डारीले १ विकेट लिए । 

१४६ रनको लक्ष्य लिटिल फ्लावरले १८.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

लिटिल फ्लावरलाई उपाधि दिलाउनेक्रममा कप्तान विपीन रावलले ७९ रनको उत्कृष्ट पारी खेले । उनले ४१ बलमा ११ चौका र एक छक्का प्रहार गरे ।

यस्तै, दीपक रोकायाले अविजित २४, अनिल थापा र विशाल भट्टले समान १४/१४ रन जोडे ।

लिटिल बुद्धका लागि नारायण जोशीले २ विकेट लिए ।

प्रतियोगितामा ‘प्लेयर अफ दी सिरिज’ लिटिल फ्लावरका शेर मल्ल, ‘बेस्ट ब्याट्सम्यान’ सिद्धार्थ शिशु सदनका खडक बोहोरा, ‘बेस्ट बलर’ लिटिल बुद्धका रोचक ऐर र ‘राइजिङ प्लेयर’ लिटिल फ्लावरका विशाल भट्ट घोषित भए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयीमान खेलाडीले पाँच/पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विद्यालयस्तरीय प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

संस्कार क्रिकेट एकेडेमीको आयोजनामा भएको प्रतियोगिता गत कात्तिक २७ गतेदेखि सुरु भएको थियो ।