Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


नीति अनुसन्धान प्रतिष्ठानको पहिलो बैठक, सरोकारवालाले दिए सुझाव


0
Shares

काठमाडौं, मंसिर ४ । अर्थमन्त्री डा. युवराज खतिवडाले संविधानमा निर्दिष्ट उद्देश्य हासिल गर्न आवश्यक नीतिहरुको पुनरावलोकन र विश्लेषण भइरहेको बताएका छन् ।

सरकारले हालै गठन गरेको नीति अनुसन्धान प्रतिष्ठानको मंगलबार सिंहदरबारमा बसेको पहिलो बैठकबारे जानकारी दिँदै उनले मुलुकको समग्र विकासका लागि अख्तियारी गर्नुपर्ने नीतिबारे सरोकारवालाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको जानकारी गराए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसेको हो ।

अर्थमन्त्री डा. खतिवडाले बैठकमा समृद्धिको मार्गमा अघि बढ्न र छिमेकी राष्ट्रहरुसँगको सम्बन्धका विभिन्न विषयमा पनि छलफल भएको बताए ।

नेपालको संवैधानिक संरचना कायम राख्न र संविधानका निर्दिष्ठ उद्देश्यहरु हासिल गर्न आवश्यक नीतिहरुको पुनरावलोकन र विश्लेषण गर्ने उद्देश्य रहेको प्रतिष्ठानले समग्र अध्ययनपछि सरकारलाई प्रतिवेदन बुझाउनेछ ।

प्रा. डा. चैतन्य मिश्र कार्यकारी अध्यक्ष रहेको प्रतिष्ठानका सदस्यहरुमा डा. मीना आचार्य, प्रा. डा. राजेन्द्रध्वज जोशी, प्रा. डा. सुरेन्द्रलाभ र डा. गणेशमान गुरुङ सदस्य छन् ।