काठमाडौं, मंसिर ४ । प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता यही मंसिर ७ देखि ९ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
शारीरिक सुगठन तथा फिटनेसको अन्तर्राष्ट्रिय महासंघ र एसियाली महासंघको कार्यक्रमअनुसार दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेस च्याम्पियनसिप हुन लागेको हो ।
तीनदिने प्रतियोगिताको मुख्य प्रतिस्पर्धा भने मंसिर ८ गते शनिबार काठमाडौंस्थित राष्ट्रियसभागृहमा हुनेछ ।
सोही दिन दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेस महासंघको संस्थापक कार्यसमिति चयन हुनेछ ।
प्रतियोगिताको सम्पूर्ण आयोजना नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ (एनएफबीएफ)ले गर्नेछ ।
प्रतियोगितामा दक्षिण एसियाका आठै मुलुकबाट झन्डै १५० खेलाडी सहभागी हुने आयोजकको अनुमान छ ।
प्रतियोगितामा पुरुष शारीरिक सुगठन, पुरुष फिजिक, महिला फिटनेस तथा महिला फिजिक गरी चार विधाका विभिन्न १३ तौल समूहमा खेलहरु हुनेछन् ।








प्रतिक्रिया दिनुहोस्