शेयर बजार सामान्य अंकले सकारात्मक • Image Khabar Image Khabar


शेयर बजार सामान्य अंकले सकारात्मक


Imagekhabar
२ बैशाख २०७५, आईतवार १९:३५

शेयर बजार सामान्य अंकले सकारात्मक

काठमाडौं, बैशाख २ । साताको शुरुको दिन आइतबार शेयर बजार सामान्य अंकले मात्र सकारात्मक रह्यो ।

उतार चढावबीच बजार परिसूचक नेप्से साढें २ अंकले सकारात्मक रहेर १२ सय ८० कायम भएर थामियो ।

यस दिन कारोबार भएका मध्ये बढीजसो समूह हरियो रहे ।

बीमा, होटल, लघुवित्त, अन्य र विकास बैंक समूह हरियो रहे भने जलविद्युत, वित्त, वाणिज्य बैंक र उत्पादनमूलक समूह ऋणात्मक रहे ।

बीमा समूह सबैभन्दा उच्च ८३ अंकले उकालो लाग्यो । होटल र लघुवित्त समूहमा पनि दोहोरो अंकको सुधार आयो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५९ कम्पनीको ६ लाख ६६ हजार कित्ता शेयर ३० करोड ६८ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्