
केदार कटुवाल/ईमेज:
उदयपुर । मंसिरको महिना सबैलार्इ बाली थन्काउने चटारो हुन्छ । तर तपेश्वरीकोे थारु बस्तीमा घाइतेको उपचार र स्याहार गर्दै समय बितिरहेको छ ।
दुई दिन अघि बनभोज खाएर फर्किएको ट्रायक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गयो । ३२ जना गम्भीर घाइते भए । घटनाले उदयपुर बेलका–२ का पुरै चौधरी गाउँ मर्माहत र स्तब्ध बन्न पुग्यो ।
कात्तिक २५ गते बेलका नगरपालिका–२ बेल्ही गाउँका ६ बर्ष देखि २० सम्मका बालबालिका र युवा देउसी भैलो खेलेर संकलित रकम बाट ३५ जनाको समूहमा सप्तकोसीको चतरामा बनभोज खान गएका थिए ।
फर्कदा उनीहरु चढेको ट्याक्टर बेलका– रंगमहलमा अनियन्त्रित भर्इ दुर्घना भएको थियो ।
त्यस घटनामा बर्ष १९ कि दिपिका चौधरी, २० बर्षका इन्द्र चौधरी र बर्ष १९ की बिनिता चौधरीको घटना स्थलमै ज्यान गएको थियो । ३२ जना गम्भीर घाइते भएका थिए ।
घाइते मध्येका प्रतीक चौधरी, बिपासा चौधरी, प्रज्वल चौधरी , असोक चौधरी, शुसीला चौधरी, देविका चौधरी , कबिता चौधरीको बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दीक्षा चौधरीको न्यरो अस्पताल र मन्दिरा चौधरीको बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
सबैको टाउकामा गम्भीर चोट लागेकाले केहीको बाहेक सबैको सल्यक्रिया अनिवार्य रहेको चिकित्सकहरुले बताएका छन् ।
एक जना घाइतेको न्यूनतम पाँच लाख खर्च लाग्ने भएकाले खर्च जुटाउन सकस रहेको पीडित परिवारहरुले बताएका छन् ।
सुख–दुःखमा साथ दिन्छौ भन्ने जनप्रतिनिधिले परिवारमा र अस्पतालमा सहानुभुति बाहेक आर्थिक सहयोग नगरेको पिडित परिवार गुनासो छ ।
पीडित ढोडन चौधरी भन्छन्, ‘आफ्ना चार जना छोरी दुर्घटनामा परेको एक जनाको घटना स्थलमै मृत्यु भयो ।
दुई जनाको अस्पतालबाट डिस्चार्ज भइसके पनि एक जनाको गम्भीर अवस्था उपचार भइ रहेको छ, तर उपचार खर्च जुटाउन कठिन भइरहेको छ ।’
‘मर्ने त मरिगए बाँच्ने समेतको इलाज गर्न नसकिने भयो’, मृतक इन्द्र चाौधरीका बुवा शिवशंकर चौधरीले भने ।
चुमनारायण तबदारको पहलमा आफुहरुलाइ नोबेल मेडिकल कलेज(अस्पताल)ले गुन लगाएको अर्का पीडित दिपनारायणले बताए ।
प्रतिक्रिया दिनुहोस्