सुनको भाउ तोलाको ५९ हजारनजिक

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले वृद्धि भएर तोलाको ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको मूल्य तोलामा १०० ले उकालो लागेर तोलाको ५८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले उकालो लागेर तोलाको ७५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।