२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


इलाम महोत्सव सकियो


0
Shares

इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दोस्रो शतवार्षिकीको अवसरमा आयोजित महोत्सव सोमबार उत्साहजनकरुपमा सकिएको हो ।

महोत्सवमा नागरिक अभिनन्दन, साहित्यिक, साँस्कृतिक, खेलकुदका साथै विभिन्न अन्तरक्रियात्मका कार्यक्रम भएको थियो ।

महोत्सवकाक्रममा इलामका नागरिक इतिहासविद् युद्धप्रसाद वैद्यलाई रथारोहणसहित विशिष्ठ नागरिककारुपमा अभिनन्दन गरिएको थियो ।

यसै अवसरमा इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर तथा माइभ्याली गोल्डकपको प्रथम पुरस्कारका लागि माइभ्याली फुटबल क्लबसँग इलाम नगरपालिकाले मेयर्स प्राइजको प्रबन्धका लागि सम्झौतापत्रमा हस्ताक्षरसमेत भयो ।

‘इलाम : हाम्रो गौरव’ भन्ने मूल नाराका साथ सन्चालित महोत्सवमा स्थानीयस्तरमा उत्पादित विभिन्न वस्तुहरुको प्रदर्शनी गरिएको थियो ।

सुगौलीको सन्धिपछि वि.सं. १८७५ मा इलामको सूर्योेदय नगरपालिकाको करफोकबाट नामसालिङ हुँदै अहिलेको स्थानमा सदरमुकाम सरेको अवसरमा महोत्सव आयोजना गरिएको हो ।

नेपाल-अंग्रेज युद्धपछि २० फागुन १८७२ मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम गरेको थियो ।