
पुष्प व्यवसायीहरुको छाता संस्था फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सम्पन्न भएको उक्त एक्स्पो ६० हजारभन्दा बढीले अवलोकन गरेको मेला संयोजक तथा एसोसिएसनका उपाध्यक्ष रामजी तिमिल्सिनाले जानकारी दिए ।
नेपाल सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग तथा पुष्प विकास केन्द्रको सहकार्यमा भएको मेलामा ८२ ओटा स्टल राखिएका थिए ।
फूलको उत्पादन बढेपनि बजारीकरणका लागि प्रदर्शनीस्थल तथा बिक्री केन्द्रको अभाव रहेको पुष्प व्यवसायीहरुले बताएका छन् ।
पुष व्यवसायको विस्तार गरी फूलमा नेपाललाई आत्मनिर्भर बनाउने भन्दै सरकारले अनुदान दिने गरेको भएपनि काठमाडौंभन्दाबाहिरको जग्गा धितो राखेर ऋण लिन नपाएका कारण व्यवसाय विस्तार गर्न नसकेको उनीहरुले गुनासो गरेका छन् ।
गत वर्ष १ अर्ब रुपैयाँभन्दा बढीको पुष्प कारोबार गर्न सफल भएपनि आव २०७३/७४ मा १० करोड बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात भएकोे संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्