१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


म्याग्दीमा यस वर्ष सुन्तला उत्पादनमा कमी


0
Shares

म्याग्दी । म्याग्दीमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ ।

रसिलो र स्वादिष्ट सुन्तला उत्पादन हुने जिल्लाको रुपमा कहलिएको म्याग्दीमा रोग किराको प्रकोपका कारण यस वर्ष उत्पादनमा कमी आएको हो ।

म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनामा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ ।

यहाँका बासिन्दाले सामूहिक रुपमा व्यावसायिक सुन्तला खेती गरेपछि गाउँको नाममै परिवर्तन भएर सुन्तला गाउँ बनेको छ ।

वास्कुनाका २५ जना व्यक्तिले करिब १ सय  रोपनीमा सुन्तला खेती गरेका छन् । सुन्तला बिक्रीबाट नै गाउँमा वार्षिक २० देखि ३० लाख रुपैयाँसम्म भित्रिने गरेको छ ।

तर, प्रतिकूल मौसम र रोग किराका प्रकोपका कारण विगतका वर्षहरुको तुलनामा यस वर्ष वास्कुनामा सुन्तला उत्पादनमा कमी आएको किसानहरुले बताएका छन् ।

२०७२ सालमा २८ लाख रुपैयाँ वरावरको सुन्तला बिक्री भएकोमा यस वर्ष उत्पादन निकै भएकाले आम्दानी घट्ने निश्चित भएको किसानहरु बताउँछन् ।