
व्यापार समूहबाहेक यसदिन कारोबार भएका सबै समूहमा सुधार आयो । बिमा समूह सबैभन्दा उच्च ३६० अंकले उकालो लाग्यो । लघुवित्त समूह पनि १२० अंकले उक्लियो । होटल समूह ८६ अंकले बढ्यो ।
उत्पादनमूलक समूह ५४ अंकले बढ्यो । जलविद्युत् समूह ४० अंकले उकालो लाग्यो । विकास बैंक समूहमा पनि ३५ अंकको वृद्धि आयो । अन्य र वाणिज्य बैंक समूहमा पनि दोहोरो अंकको सुधार आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६६ कम्पनीका १९ लाख १० हजार कित्ता सेयर ९६ करोड २९ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्