६ भाद्र २०८२, शुक्रबार | Sat Aug 23 2025


श्रेष्ठले न्याय क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा


0
Shares

काठमाडौं, मंसिर ३ । गत कात्तिक २१ गते लक्ष्मीपूजाका दिन निधन भएका वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको १३औं दिनको पुन्यतिथिमा श्रद्धाञ्जलिसभाको आयोजना गरिएको छ ।

सोमबार नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यालयमा आयोजित श्रद्धाञ्जलिसभामा न्याय क्षेत्रमा कार्यरत् विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सभाका वक्ताहरुले स्व. श्रेष्ठले न्याय क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

श्रेष्ठको ८३ वर्षको उमेरमा श्वास–प्रश्वाससम्बन्धी समस्याका कारण उपचारकाक्रममा नर्भिक अस्पतालमा निधन भएको थियो ।

वरिष्ठ अधिवक्ता श्रेष्ठ पुराना वकिलमध्ये एक थिए । उनले नेपाल ल क्याम्पसमा प्राध्यापन पनि गरेका थिए ।

पञ्चायतकालमा वकालत सुरू गरेका श्रेष्ठले तत्कालीन राजबन्दीहरूका मुद्दा लडेका थिए । त्यसमध्ये नेपाली कांग्रेसका नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको मुद्दा एक थियो ।