६ भाद्र २०८२, शुक्रबार | Sat Aug 23 2025


पोखरामा अन्तराष्ट्रिय लियो सम्मेलन हुँदै


0
Shares

काठमाडौं । पोखरामा यही १४, १५ र १६ गते ‘निवेदिता कलर दि ड्रिम अन्तराष्ट्रिय लियो सम्मेलन २०१८’ हुने भएको छ ।

लायन्स क्लब अन्तराष्ट्रिय अन्तरगत रहेर विभिन्न सामाजिक कार्य गर्दै आइरहेको लियो जिल्ला परिषद ३२५ बी १ नेपालले पोखरामा अन्तराष्ट्रिय लियो सम्मेलनको आयोजना गर्न लागेको हो ।

युवाहरुको नेतृत्व तथा व्यक्तित्व बिकास, कला संस्कृतिको प्रचारप्रसार, भातृत्व र नेपाल भ्रमण बर्ष २०२० को प्रवद्र्धनका लागि समेत सम्मेलनको आयोजना गरिएको लियो जिल्ला परिषदका अध्यक्ष लियो बिशाल रिजालले जानकारी दिए ।

‘निवेदिता कलर दि ड्रिम अन्तराष्ट्रिय लियो सम्मेलन २०१८’ कास्कीको धम्पुसमा १४ मंसिरबाट १६ गतेसम्म तीन दिनका लागि आयोजना गरेका छौं,’ लियो जिल्ला परिषदका अध्यक्ष रिजालले भने ।

कार्यक्रममा भारत, बंगलादेश, इन्डोनेसिया, पाकिस्तान लगायत एसियाली तथा युरोपेली राष्ट्रका प्रतिनिधीहरुको पनि सहभागिता रहने उनले जानकारी दिए ।

कार्यक्रममा प्रशिक्षकका रुपमा बेलायतबाट प्रमाणडित सुजय पौल, भारतको हरियाणामा रही द इन्स्पिरिङ्ग टल्क कार्यक्रम चलाईरहेका बिजय गौतम लगायत नेपाली प्रशिक्षकहरुले समेत सहभागीहरुलाई प्रशिक्षण दिनेछन् ।

कार्यक्रममा सहभागी हुन आउने अन्तराष्ट्रिय प्रतिनिधीहरुलाई काठमाडौं उपत्यकाका पर्यटकीय स्थल सहित लुम्बिनी, पोखरा लगायतका पर्यटकिय गन्तव्यहरुको समेत अवलोकन गराइने आयोजक संस्थाका सदस्य लियो प्रकाश थापा क्षेत्रीले जानकारी दिएका हुन् ।

५ सय भन्दा बढी स्वदेशी तथा विदेशी लियो सदस्यहरुको सहभागिता हुने अपेक्षा गरिएको सो कार्यक्रममा प्रशिक्षण पछि विभिन्न पहिचान झल्किने सांस्कृतिक कार्यक्रमहरुको समेत आयोजना गरिने छ । करिब २० लाखको लागतमा सम्पन्न गर्ने लक्ष्य लिइएको सम्मेलन धम्पुस स्थित धौलागिरी भ्यू होटलमा हुने छ ।