उत्तर कोरियाको सरकारी सन्चारमाध्यमले अप्रिल २१ देखि परमाणु, मिसाइल तथा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण रोक्ने निर्णय गरेको जनाएको छ ।
दक्षिण कोरियासँग ऐतिहासिक वार्ताको तयारी गरिरहेका बेला उत्तर कोरियाले यस्तो आश्चर्यजनक घोषणा गरेको हो ।
उत्तरको घोषणालगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई उत्तर कोरिया र विश्वका लागि नै राम्रो खबर भन्दै यो ठूलो प्रगति भएको ट्वीटरमा उल्लेख गरेका छन् ।
दक्षिण कोरियाका राष्ट्रपतिका प्रवक्ताले उत्तरको कदमलाई अर्थपूर्ण प्रगति भएको बताएका छन् ।
उत्तर कोरियाको प्रमुख सहयोगी चीनले उत्तरको घोषणाको स्वागत गर्दै यसले कोरियाली प्रायद्वीपको अवस्था सुधारमा सहयोग पुग्ने जनाएको छ ।
उत्तर कोरियाली नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनसँग अर्को हप्ता र अमेरिकी राष्ट्रपति ट्रम्पसँग आगामी जुनमा शिखर वार्ता गर्दैछन् ।
अमेरिका र दक्षिण कोरिया दुवैले निःशस्त्रीकरणका लागि उत्तरलाई दबाब दिइरहेका छन् ।
उत्तर कोरियाको विगतको शृंखलाबद्ध परमाणु कार्यक्रमलाई लिएर संयुक्त राष्ट्रसंघ र अमेरिकाले कडाले प्रतिबन्ध लगाएका छन् । (एजेन्सी)




प्रतिक्रिया दिनुहोस्