गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)लगायतका आन्दोलनरत् संयुक्त ब्रिटिस गोर्खा आन्दोलन समितिका टोलीसँग शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले गोर्खाहरुको न्यायोचित माग वार्ताको माध्यमबाट उपयुक्त ढंगले सम्बोधन गर्नका लागि सरकारले पहल गर्ने बताएको उनको सचिवालयले जनाएको छ ।
गोर्खा सैनिकहरुले उठाउँदै आएका मागहरु सम्बोधनका लागि सरकारले ब्रिटिस सरकारसँग छलफल जारी राखेको प्रधानमन्त्री ओलीले बताएको पनि जनाइएको छ ।
‘पूर्वगोर्खाका न्यायोचित मागहरुलाई सम्बोधन गर्न ब्रिटिस सरकार तयार हुँदै गएको पाएको छु । यसअघि ब्रिटिस रक्षामन्त्रीले पनि गोर्खाहरुको माग सम्बोधनका लागि ब्रिटिस सरकार तयार रहेको बताउनु भएको छ’–प्रधानमन्त्री ओलीले भने–‘हाम्रा जाजय कुराहरुलाई हामीले दोहोर्याएर, तेहेर्याएर भन्नुपर्छ । म विश्वस्त छु, वार्ताको माध्यमबाट गोर्खाहरुका माग उपयुक्त ढंगले सम्बोधन गर्नसकिन्छ ।’
उनले गोर्खालीहरुले गरेको योगदान, इतिहासमा व्यहोरेका क्षति र असमानताको यथोचित सम्बोधन गरिनुपर्ने पनि बताए ।
प्रधानमन्त्री ओलीले गोर्खाहरुका कारण ब्रिटिसले विभिन्न युद्धहरु जितेको उल्लेख गरे । तर, युद्धमाबाहेक अरु समयमा गोर्खाहरुलाई गरिएको विभेद र असमानता दुःखद् भएको उनको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस्